प्राइम बैंकको नाफा पौने ३ अर्ब रुपैयाँ, वितरणयोग्य नाफा साढे १ अर्ब « Arthapath.com
७ बैशाख २०७९, बुधबार

प्राइम बैंकको नाफा पौने ३ अर्ब रुपैयाँ, वितरणयोग्य नाफा साढे १ अर्ब



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३.३९ प्रतिशत ले घटेर २ अर्ब ७२ करोड २० लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ५.१९ प्रतिशत बढेर ४ अर्ब ६३ करोड ५१ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४० करोड ६४ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन नाफा ३.३२ प्रतिशत घटेर ३ अर्ब ८९ करोड ९८ लाख ८५ हजार रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ४४ लाख ६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १६ प्रतिशत बढेर १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ, जगेडा कोष २६.३२ प्रतिशत बढेर ६ अर्ब ४९ करोड १८ लाख ८९ हजार रुपैयाँ, निक्षेप १.२३ प्रतिशत बढेर १ खर्ब ५६ अर्ब २ करोड ७९ लाख १८ हजार रुपैयाँ र कर्जा १४.२४ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब ६६ करोड ७३ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९१ पैसा घटेर १९ रुपैयाँ ४५ पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४२.६२ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्