विकास बैंकको नाफा झण्डै ५ अर्ब, महालक्ष्मीको सबैभन्दा धेरै बढ्दा मुक्तिनाथ एक्लो बृहस्पति, कुन बैंकको कति नाफा ? « Arthapath.com
९ बैशाख २०७९, शुक्रबार

विकास बैंकको नाफा झण्डै ५ अर्ब, महालक्ष्मीको सबैभन्दा धेरै बढ्दा मुक्तिनाथ एक्लो बृहस्पति, कुन बैंकको कति नाफा ?



काठमाडौं । राष्टिय स्तरका विभिन्न विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । ९ महिनाको अवधिमा विभिन्न ८ राष्ट्रियस्तरका विकास बैंकले झण्डै ५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् ।

समिक्षा अवधिमा विकास बैंकले ४ अर्ब ९३ करोड ५९ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ९.६९ प्रतिशत बढी खुद नाफा आर्जन गर्न सफल भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा राष्ट्रिय स्तरका ८ विकास बैंकले ४ अर्ब ४९ करोड ९९ लाख ९१ हजार ३३९ रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समिक्षा अवधिमा २ विकास बैंकको नाफा घटेको छ भने ६ विकास बैंकको नाफा बढेको छ । समिक्षा अवधिमा कामना सेवा विकास बैंक र ज्योती विकास बैंक बाहेकका अन्य बैंकको नाफा बढेको छ ।

समिक्षा अवधिमा महालक्ष्मी विकास बैंकको नाफा सबैभन्दा धेरै ७६.९७ प्रतिशत बढेर ७१ करोड ४२ लाख ८५ हजार ३९६ रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४० करोड ३६ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । प्रतिशतका हिसावले अग्रस्थानमा भएपनि तेस्रो नम्बरमा पर्छ ।

समिक्षा अवधिमा मुक्तिनाथ विकास बैंक सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा परेको छ । बैंकको नाफा सामान्य बढेपनि अर्ब क्लबमा यथावत रहेको छ । बैंकको १.४९ प्रतिशत बढेर १ अर्ब २ करोड ६ लाख २७ हजार ५० रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख ३० हजार ९२ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गरिमा विकास बैंकको नाफा १५.६८ प्रतिशतले बढेर ७८ करोड ४६ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थि बर्षको सोही अवधिमा बैंकले ६७ करोड ८२ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा ज्योति विकास बैंकको खुद नाफा १४.४० प्रतिशत घटेको छ । तर विकास बैंकहरुमध्ये चौंथो स्थानमा पर्न सफल भएको छ । बैंकले यस अवधिमा ५१ करोड ५७ लाख ३२ हजार ३५५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बगर्षको सोही अवधिमा बैंकले ६० करोड २५ लाख १२ हजार ९२७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

लुम्बिनी विकास बैंकको खुद नाफा २०.४९ प्रतिशत बढेर ५१ करोड ६ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४२ करोड ३७ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कामना सेवा विकास बैंकको खुद नाफा १३.९५ प्रतिशत घटेर ५० करोड ४५ लाख ३३ हजार ४०३ रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ५८ करोड ६१ लाख ५६ हजार ३८५ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

साइन रेसुङ्गा विकास बैंकको खुद नाफा ८.१२ प्रतिशत बढेर ४८ करोड ४७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४४ करोड ८३ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सांग्रिला विकास बैंकको खुद नाफा १३.९३ प्रतिशत बढेर ४० करोड ६ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छि । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३५ करोड १६ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्