आईपीओ र पूँजी बृद्धि प्रस्ताव पारित गर्न महालक्ष्मी लाइफको विशेष साधारण सभा आह्वान
काठमाडौं । महालक्ष्मी लाइफले आफ्नो विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको बैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा बैशाख २५ गते होटल हुकुम दरवार कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
इन्स्योरेन्सको सभाले पूँजी बृद्धि गरी अधिकृत पूँजी ५ अर्ब र जारी पूँजी ३ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलिको प्रस्तावित संसोधनका बारे अख्तियारी संचालक समितिलाई दिईने भएको छ ।
त्यस्तै, कम्पनीले पूँजी बृद्धि भएबमोजिम सर्वसाधारणलाई छुट्याईएको शेयर सार्वजनिक गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले महालक्ष्मी लाइफ र अन्य कुनै जीवन बीमा कम्पनी एक आपसमा मर्ज हुने (गाभ्ने–गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने प्रयोजनको लागि आवश्यक सम्पर्ण प्रक्रियागत प्रकयाहरु अवलम्बन गरी मर्ज हुने (गाभ्ने–गाभिने), प्राप्ती गर्ने (एक्विजिशन) गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने छ ।
















