रिलायन्स फाइनान्सको ईपीएस ४.८५ रुपैयाँ, निक्षेप संकलन ५.२५ अर्ब रुपैयाँ

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५५.९१ प्रतिशत घटेर ३ करोड ८२ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले ८ करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ९ महिनामा फाइनान्सको खुद ब्याज आम्दानी ७३.६९ प्रतिशत बढेर १८ करोड ६१ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले १० करोड ७१ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा फाइनान्सको सञ्चालन नाफा ५५.९१ प्रतिशत घटेर ५ करोड ४६ लाख ९५ हजार रुपैयाँ र वितरणयोग्य नाफा ७९ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी १५ प्रतिशत बढेर १ अर्ब ५ करोड ३० लाख ६ हजार रुपैयाँ, जगेडा कोष ०.०७ प्रतिशत बढेर २० करोड १३ लाख १४ हजार रुपैयाँ, निक्षेप १०.४३ प्रतिशत बढेर ६ अर्ब २५ करोड ५६ लाख ७ हजार रुपैयाँ र कर्जा १६.२१ प्रतिशत बढेर ५ अर्ब ११ करोड ८० लाख २१ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८५ पैसा रहेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ १२१.७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ७८.८० गुणा रहेको छ ।