राष्ट्र बैंक डिजिटल करेन्सी संचालन गर्ने तयारीमा छः डेपुटी गभर्नर मिश्र « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

राष्ट्र बैंक डिजिटल करेन्सी संचालन गर्ने तयारीमा छः डेपुटी गभर्नर मिश्र



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले वर्तमान समयमा डिजिटल करेन्सी संचालन गर्ने तयारीमा रहेको बताएका छन । राष्ट्र बैंकको ६७ औं वार्सिकोत्सवको अवसरमा अतिथिहारुलाई स्वागत गर्दै यस्तो बताएका हुन् ।

विश्व डिजिटल युगमा प्रवेश गरेको बताउदै डेपुटी गभर्नर मिश्रले नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी संचालन गर्ने तयारिमा रहेको बताए । साथै कोरोना महामारीको कारण अर्थतन्त्रमा ठूलो असर गरेको उनको भनाई छ । कोरोना महामारीको कारण परेको असर बिस्तारै सामान्य अवस्थामा आउन लागेको डेपुटी गभर्नर मिश्र बताउँछन् ।

नेपाल राष्ट्र बैंकले विस २०१३ बैशाख १४ गते स्थापना भएको नेपालको केन्द्रिय बैंक हो ।



प्रतिक्रिया दिनुहोस्