२० प्रतिशत बोनस शेयर पाउन आजै शेयरधनी बन्नुपर्ने « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

२० प्रतिशत बोनस शेयर पाउन आजै शेयरधनी बन्नुपर्ने



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (बैशाख १५ गते, बिहिबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैशाख १६ गतेदेखि बैशाख २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज बैशाख १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद गरी कूल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्नका लागि २५औं वार्षिक साधारण सभा बैशाख २८ गतेका लैनचौर बैङ्क्वेट लैनचौर काठमाडौंमा बिहान १०ः३० बजे बोलाएको छ ।

सभाले आर्थिक वर्ष २०७७–०७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनूसूची पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८–०७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै कम्पनीमा रिक्त रहेकाृ स्वतन्त्र संचालक पदमा संचालक समितिबाट शोभा श्रेष्ठलाई नियुक्त गरिएकोमा सोको अनुमोदन गर्ने कार्य सूची समेत सभामा राखिएको छ ।

प्रबन्धकको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरी ५ अर्ब कायम गर्ने र दफा ५ को उपदफा २ पछि उपदफा २.१ थप गरी सो उपदफामा चुक्तापूँजीको ब्यवस्था गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रुपैयाँ काया गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । साथै निर्जिवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिईएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता प्रदान गर्ने सभा सभाको कार्य सूचि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्