बेष्ट फाइनान्सको ८८ हजार कित्ता शेयर बिक्रीमा « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

बेष्ट फाइनान्सको ८८ हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ८८ हजार २५२ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी दुर्गा बोहराले ८८ हजार ७१ कित्ता र जगदिश चन्द्र श्रेष्ठले १८१ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्