१२ श्रावण २०८३, मंगलबार

एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ औं वार्षिक साधारण सभा आज (बैशाख २१ गते) अग्रवाल भवन, कमलपोखरी काठमांडौमा सम्पन्न भएको छ ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद गरी कूल ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित, आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीको चुक्ता पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने प्रस्ताव पारित समेत गरेको हो । निजीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पुर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ २०७९ बैशाख १२ गते बुक क्लोज गरेको हुदाँ बैशाख ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै लाभांश प्राप्त गरेका हुन ।