आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (बैशाख २४ गते) पनि आरटीजीएस प्रणाली सुचारु राख्न निर्देशन दिएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै शनिबार पनि आरटीजीएस सुचारु रहने जनाएको हो ।
बैंकले विकास ऋणपत्र २०८२ ख को ९ औं किस्ताको अर्ध बार्षिक ब्याज भुक्तानीको लागि सेवा सुचारु राख्न लागेको हो । यो प्रणाली बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सूचारु रहेको बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख गरीएको छ ।
