निर्वाचनमा खटिएका सुरक्षाकर्मी र म्यादी प्रहरीको मृत्यु हुदाँ परिवारलाई २० लाख दिईने
काठमाडौं । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई २० लाख दिने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।
बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ । हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवानसरह जिल्लागत दररेटअनुसार रासनभत्ता उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।













