मतदातालाई रिझाउन देउवाको आश्वासन: डडेल्धुरालाई प्रदेश राजधानि बनाउन सकिन्छ
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले डडेल्धुराबासिलाई आश्वासन दिदै प्रदेश राजधानि बनाउन सकिने बताएका छन् । मंगलबार अमरगढीमा आयोजित एक चुनावी सभामा सम्बोधन गर्दै यस्तो बताएका हुन ।
देउवाले कांग्रेसका सबै उम्मेदवारलाई जिताए संरचना बनाएर राजधानी डडेल्धुरा ल्याएर छोड्ने बताएका हुन् । ‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, भोलि पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ उनले बताए ।
२०७४ साल असोज १२ गते प्रदेश सभामा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा राजधानी तोकि सकेको छ । त्यो भन्दा अघिसम्म शेरबहादुर देउवा सरकारकै नेतृत्वमा अस्थायी राजधानी धनगढी तोकिएको थियो ।
आफ्नो सरकार भएको बेला अस्थायी राजधानी समेत डडेल्धुरालाई नतोकेका देउवाले अहिलेका भाषण मतदाता रिझाउन खेल भएको बुझिएको छ । केही दिन अगाडि मात्र देउवा पत्ती आरजु राणा देउवाले कागे्रस मेयरले जितेको ठाउँ मात्र पैसा पठाउने र पराजित भएको तहमा पैसा नपठाउने आशउ ब्यक्त गरेका थिइन ।













