१३ श्रावण २०८३, बुधबार

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल १३८६ मत सहित अग्रतामा



काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३८६ भन्दा बढी मतले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका नृपबहादुर वडले ८०७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १४३ मत पाएका छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत पाएकी छन् भने एमालेकी कन्दकला रानाले रानाले ३८४ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४८१ मत पाएका छन् ।