१३ श्रावण २०८३, बुधबार

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाललाई २११० मतको अग्रता, वडले पछ्याउदै



काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरमा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । धनगढी उपमहानगरपालिका–१ को सकिएर वडा नम्बर २, ३, १८ र १९ को मतगणना भइरहेका बेला निकटतम् प्रतिद्वन्दीभन्दा हमालले झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार १० हजार ३२९ मतको गणना सकिंदा हमालले ४ हजार ५३८ मत प्राप्त गरेर आफ्नो अग्रतालाई कायमै राखेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका नृपबहादुर वडले २ हजार ११० मत कम ल्याएका छन् । वडले दुई हजार चार सय २८ मत ल्याएका छन् । नेकपा एमालेका रणबहादुर चन्दले भने एक हजार १४० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा भने गठबन्धनकी उम्मेदवार शान्ति कुमारी अधिकारी क्षेत्री २ हजार १३८ मत सहित अग्र स्थानमा रहेकी छिन । उनलाई एमालेका उम्मेदवार काण्डकला कुमारी राना १ हजार ९३८ मत सहित पछ्याइ रहेकी छिन ।