१३ श्रावण २०८३, बुधबार

बालेन शाह ५ हजार ५८ मतको अग्रतामा, सिर्जनाले पछ्याउदै स्थापितलाई



काठमाडौं । काठमाडौं महानगरपालिकाको मंगलवार अपरान्ह १२ बजेसम्ममा जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ हजार ५८ मतको अग्रता लिएका छन् ।

शुरुरुवाती दिनदेखि नै अग्रता लिइरहेका उनले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पउदाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै उप मेयरमा भने एमालेकी उम्मेदवार सुनिता डंगोल फकाकिलो अन्तरले अग्र स्थानमा रहेकी छिन । डंगालले १० हजार ४७७ मत ल्याउदा उनलाई रामेश्रर क्षेष्ठ ३ हजार ४८ मतमा सिमित रहेकी छिन ।