बैशाखमा वाणिज्य बैंकहरुको निक्षेप १९ अर्बले घट्यो, कर्जा लगानी कस्तो ?
काठमाडौं । चैत्र महिनाको ३० गतेदेखि बैशाख ३० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैशाख ३० गतेसम्म आइपुग्दा निक्षेप १९ अर्बले घटेर ४३ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको हो ।
गत चैत्र महिनाको ३० गते वाणिज्य बैंकहरुमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो गत बैशाख महिनाको २ गते देखि ९ गतेसम्मको अवधिमा १० अर्बले निक्षेप बैंकहरुबाट बाहिरिएको देदिएको छ । बैशाख ९ गतेदेखि २३ गतेसम्म भने उक्त निक्षेप बढेर ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको थियो ।
यसैगरी वैशाख महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी ६ अर्ब रुपैयाँले घटेको छ । संघका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको छ ।
गत चैत मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो । चैतमा भने वाणिज्य बैंकहरुको कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको थियो ।














