१२ श्रावण २०८३, मंगलबार

करेन्ट सट भई आगलागी हुँदा शिखर इन्स्योरेन्समा कार्यरत कर्मचारीको मृत्यु



काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा करेन्ट लागेर शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । भरतपुर– १० कटहर चोक बस्ने ३५ वर्षीय सकुन्तला पौडेल सुवेदीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार आइतबार (जेठ ८ गते) दिउँसो १.३० बजे भरतपुर १० बालमन्दिर रोड स्थित मोडको घरको तेश्रो तल्लामा संचालन रहेको बीमा कम्पनीको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सट भई आगोलागी हुँदा पौडेलको मृत्यु भएको हो । साथै सोहि इन्स्योरेन्सका अर्का कर्मचारी तरुण थापा पनि घाइते भएका छन् ।

पौडेलको उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा सुवेदीको बाटोमै मृत्यु भएको हो भने घाइते थापाको नयाँ मेडीकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।