१३ श्रावण २०८३, बुधबार

बालेन शाहलाई १७ हजार २७१ मतको अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाको आइतबार अपरान्ह ३.१० बजेसम्ममा जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १७ हजार २७१ मतको अग्रता लिएका छन् ।

शुरुवाती दिनदेखि नै अग्रता लिइरहेका उनले पछिल्लो मत परिणाम अनुसार ४० हजार ६०५ मत पाउदाँ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २३ हजार २२४ मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ५२६ मत प्राप्त गरेका हुन ।

त्यस्तै उप मेयरमा भने एमालेकी उम्मेदवार सुनिता डंगोल फकाकिलो अन्तरले अग्र स्थानमा रहेकी छिन । डंगालले ३८ हजार ३५१ मत ल्याउदा उनलाई गठबन्धनका उम्मेदवार रामेश्रर क्षेष्ठ ३ हजार ४८ मत ल्याइ पछ्याइरहेका छन् ।