१३ श्रावण २०८३, बुधबार

पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिन अध्ययन समिति गठन



काठमाडौं । पछिल्लो समय नेपाल आयल निगम अर्बाै रुपैयाँ नोक्सानीमा परेपछि सरकारले पेट्रोलियम पदार्थ आयात निजी क्षेत्रलाई दिने तयारी थालेको छ । सरकारले पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिने गरी अध्ययन कार्यदल बनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलको नेतृत्वमा अध्ययन समिति बनाउने निर्णय गरेको छ ।

समितिले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रको प्रवेश गराउने वा नगराउने भन्ने विषयमा अध्ययन गर्नका लागि पौडेलको नेतृत्वमा कायदल गठन गरेको हो । समितिमा नेपाल आयल निगमका कार्यकारी निर्देशक पनि रहेका छन् ।