आदर्श लघुवित्त र राप्ती हाइड्रोले बोर्डबाट पाए आईपीओ निष्काशनको अनुमति « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

आदर्श लघुवित्त र राप्ती हाइड्रोले बोर्डबाट पाए आईपीओ निष्काशनको अनुमति



काठमाडौं । दुई ओटा फरक – फरक कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन गर्नको लागि अनुमति पाएको हो । दुबै कम्पनीले जेठ १० गते बोर्डबाट अनुमति पाएको छ ।

आदर्श लघुवित्तले ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यसैगरी राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । राप्ती हाइड्रोले पहिलो चरणमा स्थानीयय बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्