१० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

१० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले जेठ १३ गते बिहीबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८१ ‘च’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

बैंकले दुई वर्ष अवधिका लागि सार्वजनिक बोल कबोलमार्फत उक्त विकास ऋणपत्र बिक्री गर्ने जनाएको छ । बैंकले उक्त ऋणपत्र खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई तोकिएकै समय भित्र दरखास्त दिन आह्वान गरेको छ । बैंकका अनुसार उक्त विकास ऋणपत्रको बोलकबोल बुधबार दिउँसो ३ बजे हुनेछ ।


प्रतिक्रिया दिनुहोस्