प्रभु लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सम्हाले कार्यभार « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

प्रभु लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सम्हाले कार्यभार



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले प्रसाईलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

सीईओ प्रसाईलाई कम्पनीले गत बैशाख २२ गते नियुक्त गर्ने निर्णय गरेर स्वीकृतिका लागि नियामक निकाय बीमा समितिमा पत्र पठाएको थियो । बीमा समितिले इन्स्योरेन्सको सीईओमा प्रसाईलाई नियुक्त गर्न अनुमति दिइसकेको छ ।

बीमा समितिको अनुमति पाएपछि सीईओ प्रसाईले बुधबारनै कार्यभार सम्हालेका छन् । साथै कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सन्तोष प्रसाईले सपथ ग्रहण समेत गरेका छन् । कम्पनीले उनलाई गत फागुनमा सल्लाहकारको रुपमा प्रवेश गराएको थियो ।

यसअघि कम्पनीका सीईओ रहेका नारायण प्रसाद पौडेलले प्रसाईलाई सल्लाहकार नियुक्त गरेसँगै राजीनाामा दिएका थिए । प्रभु लाइफमा आउनुअघि सीईओ प्रसाईले नेपाल लाइफमा ८ महिनामा नै सीईओ पदबाट राजीनामा दिएका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका प्रसाई नियामक निकाय बीमा समितिमा ७ बर्षको जागिर छाडेर निजी कम्पनीमा आएका हुन् ।


प्रतिक्रिया दिनुहोस्