भाडामा बस्ने विद्यार्थीलाई निशुल्क विद्युतीय चुलो वितरण गर्दै, ९ गतेसम्म निवेदन दिनुपर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भाडामा बस्ने विद्यार्थीलाई निशुल्क विद्युतीय चुलो वितरण गर्दै, ९ गतेसम्म निवेदन दिनुपर्ने



काठमाडौं । सरकारले काठमाडौंमा भाडामा बस्ने विद्यार्थीहरुलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने भएको छ । आदिबासी, दलित, जनजाति र लोपोन्मुख समुदायका विद्यार्थीलाई निशुल्क विद्युतीय चुलो (इन्डक्सन) वितरण गर्ने भएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उक्त चुलोको लागि निवेदन पेश गर्न आग्रह गरेको छ । केन्द्रका अनुसार सरकारी र सामुदायिक शिक्षण संस्थामा विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीले असार ९ गतेभित्र निवेदन पेश गर्नु पर्नेछ ।

विद्यार्थीले आवेदनका साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र तथा सिफारिस पत्र बुझाउनुपर्नेछ छ । आदिबासी, जनजाति, दलित र लोपोन्मुख समुदायको परिचय खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस पनि माग गरिएको छ ।

यसअघि पनि केन्द्रले अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययन गरिरहेका विद्यार्थीका लागि निशुल्क विद्युतीय चुलो बाँड्ने भन्दै निवेदन मागेको थियो । उक्त अवधिमा निवदेन दिएका विद्यार्थीहरुले भने यो पटक निवेदन दिन पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस्