उदयकृष्ण उपाध्याय नबिल बैंकको ‘विज्ञʹ संचालक ! « Arthapath.com
२१ असार २०८२, शनिबार

उदयकृष्ण उपाध्याय नबिल बैंकको ‘विज्ञʹ संचालक !



काठमाडौं । मुलुकको प्रतिष्ठित वाणिज्य बैंकको रूपमा रहँदै आएको नबिल बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा उदयकृष्ण उपाध्यायलाई नियुक्ती गरेको छ । कुमारी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायलाई नबिल बैंकले हालै सञ्चालक बनाएको हो । बैंक सञ्चालक समितिमा अझै विज्ञ सञ्चालक भने रिक्त रहेको छ । ‘जुनसुकै क्षेत्रको भएपनि एकजना विज्ञ हुनुपर्नेमा हाम्रो सञ्चालक समितिमा पनि उपाध्यायले अहिलेको जल्दोबल्दो विषयमा विज्ञता हासिल गर्नुभएकोले नियुक्ती गरिएको हुनसक्ने’ एकजना उच्च अधिकारीले ब्यङ्ग्यमिश्रीत शैलीमा बताए ।
उपाध्याय कुमारी बैंकको बहालवाला सीईओ छँदै प्रहरीले २०७१ फागुनमा कोटेश्वरको एउटा क्याबिन रेष्टुराँमा मध्यान्ह युवतीसँग आपत्तिजनक अवस्थामा फेला पारेको थियो । १५ दिनको अनिवार्य बिदा मनाउने क्रममा उनी युवती फेरी फेरी क्याबिन रेष्टुराँ र होटल जान थालेपछि एउटा समूहको उनको पछि लागेको थियो । अनुसन्धानको लागि प्रहरी हिरासतमा पुगेपछि उपाध्यायले फागुन २७ गते सीईओबाट राजीनामा दिएका थिए । त्यसपछि कुमारी बैंक सञ्चालक समितिले चैत ८ गते उनको राजीनामा स्वीकृत गरेको थियो ।
यता, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा समेत बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा नैतिक पतन नभएको व्यक्तिलाई नियुक्त गर्नुपर्ने प्रावधान राखिएको छ । तर, नबिल बैंक जत्तिको प्रतिष्ठित वाणिज्य बैंकले कम्तिमा बाफियाको दफा १८ (ठ) मा उल्लेख गरिएको नैतिक पतनमा संलग्न व्यक्तिलाई सञ्चालक समितिको सदस्य बनाउन नहुने प्रावधानलाई आँखा चिम्लेर गरेको निर्णयलाई ‘उदेककृष्ण उपाध्याय’ को नियुक्ती भन्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्