लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक शेयरमा आवेदन दिने आज (जेठ २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १३ गते संस्थापक शेयर समूहको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य २ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी जेठ २७ गते भित्र बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्साल काठमाडौंमा आवेदन दिन सक्नेछन् ।बोलपत्र असार १ गते बिहान १० बजे कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्सालमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।













