१२ श्रावण २०८३, मंगलबार

नेपाल लाइफको शेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण शेयर कति ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत हुने भएको छ । कम्पनीको ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने भएको हो ।

कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत शेयर स्वामित्व ५१ प्रतिशतमा झार्न लागेको हो । संस्थापकतर्फको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत भएपनि सर्वसाधारण तर्फको हाल कायम ४० प्रतिशत शेयर स्वामित्व ४९ प्रतिशत कायम हुनेछ ।

आफ्नो हक हिस्सामा पर्ने संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन नगर्न भनी स्वघोषणा गर्ने सदस्यहरूको हक हिस्सा बाकी रहेका संस्थापकहरूले त्यस्तो शेयरको अनुपात उपयोग गर्न सक्ने जानकारी समेत कम्पनीले गराएको छ ।

तोकिएको अवधिभित्र आफ्नो हकको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन नगर्ने भनी निवेदन नदिएका संस्थापक शेयरधनीहरूको हकको संस्थापक शेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम प्रक्रिया अघि बढाईने कम्पनी एक सूचना प्रकाशित गर्दै बताएको छ ।