नेपाल इन्स्योरेन्सका शेयरधनीहरु मालमाल
काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा सोमबार नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, भृकुटिमण्डप काठमाडौंमा सम्पन्न भएको हो ।
इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश गरि कूल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।












