एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
३१ जेष्ठ २०७९, मंगलवार

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको सञ्चालक समितिको जेठ ३० गते बसेको बैठकले चुक्ता पूँजीको ८.९५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९.११ रुपैयाँको ८.५० प्रतिशत अर्थात् ९ करोड ७९ लाख २ हजार ३३१.८२ रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत अर्थात ५१ लख ५२ हजार ७५४.३१ रुपैयाँ नगद गरी कूल ८.९५ लाभांश वितरण गर्ने भएको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्