नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन, ४ जना नयाँ संचालक
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन भएका छन् । इन्स्योरेन्सको जेठ ३० गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा पौडललाई चयन गरेको हो ।
साथै, इन्स्योरेन्सको जेठ ३० गते सम्पन्न ७३औं वार्षिक साधारण सभाले संस्थापक र सर्वसाधारण शेयरधनी गरी ४ जना संचालक समेत चयन गरेको छ । इन्स्योरेन्सको संस्थापक शेयरधनीबाट चन्द्रसिंह साउँद र बिष्णु खेतान अग्रवाल सर्वसाधारण शेयरधनीहरुबाट सबिंता श्रेष्ठ जोशी र अर्जुन पौडेल शर्मालाई संचालकमा चयन गरेको हो ।














