मौद्रिक नीतिको लागि राष्ट्र बैंकमा लघुवित्त संघको १० बुँदे सुझाव, हकप्रद र ऋणपत्र निष्काशनको माग « Arthapath.com
२२ असार २०८२, आईतबार

मौद्रिक नीतिको लागि राष्ट्र बैंकमा लघुवित्त संघको १० बुँदे सुझाव, हकप्रद र ऋणपत्र निष्काशनको माग



काठमाडौं । लघुवित्त संघ नेपालले आगामी मौद्रिक नीति २०७९–८० को लागि १० बुँदे सुझाव पेश गरेको छ । लघुवित्तका संचालकहरु आवद्द रहेका संघले आगामी आर्थिक बर्षको लागि मौद्रिक नीतिमा लघुवित्त क्षेत्रको सुधार गर्न विभिन्न १० बुँदे सुझाव पेश गरेको हो ।

संघका अध्यक्ष सुधिर प्रसाद लोहनीले लघुवित्त कम्पनीले आवश्यकताका आधारमा हकप्रद र ऋणपत्र निष्काशन गर्न पाउनु पर्ने, लघुवित्तले संचय कोष, नागरिक लगनी कोष, सामाजिक सुरक्षा कोष जस्ता संस्थाबाट ऋण लिन पाउनु पर्ने, सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थामार्फत संचालन गर्नु पर्ने लगायतका विषयलाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोध गर्नुपर्ने सुझावमा पेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्