सञ्चालक समितिको दबावपछि सिभिल क्यापिटलका सीईओ ढुङ्गेलकाे राजीनामा

काठमाडौं । संचालक समितिकाे हस्तक्षेपका कारण सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झनकराज ढुङ्गेलले राजीनामा दिएका छन् । क्यापिटलको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले सीईओ ढुङ्गेलको राजीनामा स्वीकृति गरेको स्रोतले अर्थपथलाई जानकारी दिएको छ ।
सञ्चालक समितिले दबाव दिएपछि ढुङ्गेलले सीईओ पदबाट राजीनामा दिएका हुन् । ३३ बर्ष बैंकिङ्ग क्षेत्रको अनुभव संगालेका ढुङ्गेल साढे २ बर्ष अर्थात् ३० महिनामा नै क्यापिटलबाट बिदा भएका हुन् ।
ढुङ्गेललाई ४ बर्षका लागि सीईओमा नियुक्त गरेको थियो तर सञ्चालक समितिले दबाव दिएपछि राजीनामा दिन बाध्य भएको उक्त स्रोतले बताएको छ ।
पछिल्लो समय क्यापिटल मार्केटमा दक्ष जनशक्ति अभाव रहेको छ । तर सञ्चालक समितिले कर्मचारीलाई काम गर्ने वातावरण नै उपलब्ध नगराउँदा लामो समय टिक्न नसक्ने अवस्था छ ।
विगत ३३ वर्षदेखि नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा सकृय रहेका सीईओ ढुङ्गेलसँग विकास बैंक, फाइनान्स कम्पनी र क्यापिटल मार्केटमा १२ बर्षभन्दा बढी समयमा सीईओको जिम्मेवारी निभाई सकेका हुन् । ढुङ्गेलले यसअघि एनआईसी एसिया क्यापिटमा काम गरेका थिए । उनले कुशलतापूर्वक तत्कालिन अरनीको डेभलपमेन्ट बैंकको सीईओ पदको जिम्मोवरी निभाएका थिए । ।