नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
कम्पनीको लगानी योग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी यस कम्पनीले तोकेको कोटेशनम सम्बन्धी फारम भरी सूचना प्रकाशित भको मितिले ७ दिन भित्र कार्यालयमा समयमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्ने सकिनेछ ।
साथै, प्रस्तावको मान्य अवधि एक महिनाको हुनु पर्ने कम्पनीले जनाएको छ ।















