बीमा विधेयक अर्थ समितिबाट पारित, अध्यक्षले निरन्तरता पाउने « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बीमा विधेयक अर्थ समितिबाट पारित, अध्यक्षले निरन्तरता पाउने



काठमाडौं । बीमा विधेयक अर्थ समितिबाट पारित भएको छ । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७५ अर्थ समितिबाट पारित भएको हो ।

२०७५ असार २७ मा दर्ता भएको विधेयक अन्ततः समितिबाट पारित भएको हो । उक्त विधेयक समितिले पारित गरेर प्रतिनिधिसभामा पठाउने छ । सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ ।

उक्त बीमा बिधेयक पारित भएपछि बीमा समिति प्राधिकरण बन्ने भएको छ । बीमा विधेयक पारित भएपछि पनि बीमा समितिका अध्यक्ष र सञ्चालकले निरन्तरता पाउने भएका छन् ।

साथै उक्त विधेयक पारित भएपछि बन्ने नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने अधिकार दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्