१ कार्तिक २०८३, आइतबार

महालक्ष्मी लाइफले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्ने आग्रह



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । इन्स्योरेन्सले आज एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो ।

कम्पनीको वैशाख २५ गते बसेको विशेष साधारण सभाको निर्णयअनुसार कम्पनीको अधिकृत, चुक्तापुँजी तथा जारी पुँजी बृद्धि गर्ने निर्णय भए बमोजिम कम्पनीको जेठ १० गते बसेको संचालक समितको बैठकले साविक संस्थापक शेयरधनीहरुबाट लगानी भएको रकमको थप ५० प्रतिशत रकम जम्मा गर्न भनेको हो ।

साथै, उक्त रकम असार ९ गतेभित्र एन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बुझाउनु पर्नेछ ।