पूँजी वृद्धि पश्चात् कसरी रिटर्न दिन सकिन्छ भन्नेमा समिति गम्भिर छः अध्यक्ष सिलवाल « Arthapath.com
६ असार २०७९, सोमबार

पूँजी वृद्धि पश्चात् कसरी रिटर्न दिन सकिन्छ भन्नेमा समिति गम्भिर छः अध्यक्ष सिलवाल



काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले पूँजी वृद्धि पश्चात् बीमा कम्पनीले दिने रिटर्नमा समिति गम्भिर भएको बताएका छन् । सोमबार रिलायन्स लाइफले नयाँ प्रोडक्ट सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि पश्चात् कम्पनीले रिटर्न कसरी दिन सकिन्छ भन्ने विषयमा गम्भिर रहेको बताएका हुन् ।

अध्यक्ष सिलवालले पूँजी वृद्धि गराउन फोर्स मर्जरमा कुनै जोड नदिएको स्पष्ट पारेका छन् । बीमा समितिको निर्देशन बमोजिम चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीलाई मर्जरमा दबाव नदिएको उनले बताएका हुन् । बीमा कम्पनी स्ट्रेन्थको लागि पूँजी वृद्धि गर्न आवश्यक रहेको अध्यक्ष सिलवाल बताउँछन् ।

साथै बीमाबारे सचेतनामूलक कार्यक्रम बीमा कम्पनीले स्वयम् आफै गर्नुपर्ने उनको धारण छ । जिल्लामा गएर गएर बीमा समितिले सचेतना कार्यक्रम नगर्ने उनले बताए ।

यता रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राकेश पोखरेलले इन्स्योरेन्स भनेको क्लेम भएका बताएका छन् । बीमा कम्पनीको ब्यूटी भनेको क्लेम (दाबी भुक्तानी) भएकाले रिलायन्सले पनि सोही कुरालाई फ्लो गर्ने सीईओ पोखरेलले बताए ।

रिलयान्स लाइफका अध्यक्ष ताराचन्द केडियाले बीमा गरेर पैसा नपाएको कुरा बोर्डले सुनुवाई गर्नुपर्ने बताए । रिलायन्स लाइफले ९८ प्रतिशत दाबी भुक्तानी गरेको र बाँकी २ प्रतिशत भने विभिन्न कागजातहरु नपुगेकाले दाबी भुक्तानी हुन बाँकी रहेको अध्यक्ष केडियाले बताए । साथै उनले बीमा दायरा ३७ प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्