अर्थमन्त्री शर्माको प्रश्न सीसी क्यामेरा हेर्न चाँहदैमा हेर्न दिनुपर्ने भन्ने के छ, सीसी क्यामेरा हेर्ने ति को हुन् ?
काठमाडौं । सेटिङ्गमा आगामी आर्थिक बर्ष २०७९–८० को बजेट सार्वजनिक गरेका अर्थमन्त्री जनार्दन शर्माले कसैले फुटेज माग्दैमा हेर्न नदिने बताएका छन् । बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा पूर्वनासू र सीए संलग्न भएको समाचार सार्वजनिक भएपछि मन्त्रालयको सीसीटिभी क्यामेराबाट अनुसन्धान गर्नुपर्ने माग आएको छ । अन्नपूर्ण पोस्टले सार्वजनिक गरेको समाचारमा बजेट सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री शर्माको कार्यकक्षमा नासू र सीए मिलेर बजेटमा करका दरहरु परिवर्तन गरेको सार्वजनिक भएको थियो ,
उक्त समाचार प्रकाशितपछि प्रतिपक्षी दल नेकपा एमाले लगायतले अर्थमन्त्रीको राजीनामा सहित सीसीटिभी फुटेजबाट अनुसन्धान गर्न माग गरेको छ । तर अर्थमन्त्री शर्माले भने एमालेले गरेको उक्त मागलाई कसैले माग्दैमा किन देखाउने भन्दै उल्टै प्रश्न गरेका छन् ।
पत्रकार ऋषि धमलासँग अर्थमन्त्री शर्माले दिएको अन्तर्वार्तामा सीसी क्यामरा हेर्ने को हुन् भन्दै हेर्न नदिने बताएका छन् । ‘एमालेले हेर्न चाहँदैमा हेर्न दिनुपर्छ भन्ने छैन, सीसी क्यामरा हेर्न दिनुपर्छ भन्ने छैन, को हुन् तिनीहरु’ ? उल्टै प्रश्न गर्दैै अर्थमन्त्री शर्माले भने ।
पत्रकार ऋषि धमलाले सीसी क्यामेरा देखाउन सक्नुहुन्छ भन्ने प्रश्न गर्दा ‘सीसी क्यामेरा हेर्न ति को हुन् ? सरकारले हेर्ला नी त । आवश्यक परे ।’ उनले भने, ‘एमालेले सीसी क्यामेरा हेर्न चाँहदैमा हेर्न दिनुपर्छ भन्ने के छ ? त्यो मैले गर्ने निर्णय होर ?’ गल्तिी नगरेको भए के हुन्छ, हेर्न दिनुस् न भन्ने पत्रकार धमलाको प्रश्नमा हेर्नेले हेरोस न् । मैले रोकेको छुँ । मैले नहेर भनेर रोकेको छुँ ? भन्दै उल्टै प्रश्न गरे ।













