इगो साँध्दै पर्यटनमन्त्री आले, हट्नुपर्ने मन्त्री हटाइए अध्यक्ष अधिकारी « Arthapath.com
२० असार २०८२, शुक्रबार

इगो साँध्दै पर्यटनमन्त्री आले, हट्नुपर्ने मन्त्री हटाइए अध्यक्ष अधिकारी



काठमाडौं । मन्त्रीको हैसियतमा रहनै अयोग्य ठहरिएका पर्यटन मन्त्री प्रेम आलेले इगो साँधेर नेपाल वायु सेवा निगमको अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल वायु सेवा निगमको अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । विभागीय मन्त्री आलेले अध्यक्ष अधिकारीलाई २ साताअघि आफुले भनेको काम नगरेको भन्दै जथाभावी मुख छाडेका थिए ।

पदमा बस्न अयोग्य मन्त्रीलाई हटाउनुको सट्टा प्रधानमन्त्री शेरबहादुर देउवाले उल्टै निगमको अध्यक्ष अधिकारीलाई वर्खास्त गर्ने निर्णयमा सहमती जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्