सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
७ असार २०७९, मंगलवार

सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ८ गते एक दिन बुकक्लोज गर्ने भएको हुदाँ असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद गरी कूल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चौँथो वार्षिक साधारण सभा असार २० गते, स्मार्ट दरबार ब्यान्क्वेट धुम्बाराहि काठमाडौँमा बिहान १० बजे बस्ने गरी बोलाएको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । त्यस्तै सभाले सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको समेत निर्वाचन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्