बढेको शेयर बजारले दियो आन्दोलित लगानीकर्तालाई आशा, १३ वटै उपसूचक हरियाली कारोबार १ अर्ब माथि « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बढेको शेयर बजारले दियो आन्दोलित लगानीकर्तालाई आशा, १३ वटै उपसूचक हरियाली कारोबार १ अर्ब माथि



काठमाडौं । साताको तेस्रो दिन शेयर बजार उच्च अकंले बढेको छ । केही महिना यता निरन्तर ओरालो लागेको शेयरमा बजारमा आज भने सुधार देखा परेको छ । एकातिर लगानीकर्ता पूँजी बजार सुधारका लागि आन्दोलनमा अर्का तिर शेयर बजारमा देखिएको निरन्तरको राताम्यले शेयर बजारमा लगानीकर्तालाई निशास पैसा गरेको थियो । आज शेयर बजारमा भएको सुधारले लगानीकर्तामा केही उत्साह भने छाएको छ ।

शेयर बजार बढे पनि लगानीकर्ता अझै लगानी गर्ने डराइ रहेको अवस्था छ । बजारमा अर्थमन्त्री जनार्दन शर्मा परिर्वतनको हल्ला लगायत विभिन्न कारणकाबीच लगानीकर्ताहरुमा अन्यौल कायम नै रहेको अवस्था रहेको छ ।

मंगलबार नेप्से परिसूचक ३७.४९ अकंले बढेर १९२२.३० बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक ४९.३१ अकंले घटेर १८८४.८१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको १.१९ प्रतिशत, ब्यापार समूहको २.९९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२२ प्रतिशत, विकास बैंक समूहको ३.८९ प्रतिशत, हाइड्रोपावर समूहको २.७७ प्रतिशत, फाइनान्स समूहको ३.२९ प्रतिशत, निर्जीवन बीमा समूहको १.९५ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.८८ प्रतिशत, अन्य समूहको १.८४ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.१७ प्रतिशत, जीवन बीमा समूहको २.२९ प्रतिशत, म्युचुअल फण्ड समूहको ३.०९ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.३४ प्रतिशतले शेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्