प्रभु लाइफ इन्स्योरेन्सको बिशेष साधारण सभा असार २३ गते, पूँजी वृद्धि मुख्य एजेण्डा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा असार २३ गतेका लागि बोलाइको छ । असार ७ गते बसेको संचालक समितिको बैठकले सभा आम्रपाली बैङक्वेट भाटभटेनी काठमाडौंमा दिउँसो ११.४५ बजे गरी आव्हान गरेको हो ।
सभाले नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने मूल्य एजेण्डा राखेको छ । साथै,कम्पनीको पूँजी वृद्धि एवं अन्य ब्यवस्थाहरु समेत समावेश गरी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न तत् ब्यवस्थामा संशोधन गर्ने, संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
त्यस्तै, नियामकीय निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागी बीमा समिति समक्ष निवेदन दिने, आवश्यक अनुसार सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदता, मूल्यांकन कर्ता तथा लेखापरीक्षकहरुको नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा सभाको कार्यसूचीमा रहेका छन् ।
कम्पनीले विशेष साधारण सभाका लागि असार १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले असार १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
