वि एण्ड सी, नोवेल र विराट मेडिकल कलेजले २० असारदेखि स्वास्थ्य बीमा सेवा नदिने « Arthapath.com
८ असार २०७९, बुधबार

वि एण्ड सी, नोवेल र विराट मेडिकल कलेजले २० असारदेखि स्वास्थ्य बीमा सेवा नदिने



काठमाडौं । स्वास्थ्य बीमा वापतको रकम नपाएको भन्दै मेडिकल कलेजहरुले सेवा बन्द गर्ने भएका छन् । स्वास्थ बीमा वापतको रकम भुक्तानी नभएका कारण असार २० गतेदेखि सेवा बन्द गर्ने कलेजहरुले बताएका हुन् ।

वि एण्ड सी मेडिकल कलेज विर्तमोड, नोवेल मेडिकल कलेज, विराटनगर र विराट मेडिकल कलेज, विराटनगरले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै असार २० गतेसम्म रकम भुक्तानी नगरे सेवा नै बन्द गर्ने भएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईले वि एण्ड सी कलेजमा स्वास्थ्य बीमा वापतको ४५ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको जानकारी दिए ।

गत मंसिर महिनादेखिको रकम नपाएको भन्दै यी ३ कललेजले सेवा नै बन्द गर्ने भएका हुन् । त्यस्तै, नोवेल मेडिकल कलेजले ५४ करोड ३० लाख रुपैयाँ स्वास्थ्य बीमा वापत रकम पाएको छैन् । सोही अनुपातमा बिराट मेडिकल कलेजले पनि रकम पाएको छैन् ।


प्रतिक्रिया दिनुहोस्