बुधबार दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए
काठमाडौं । साताको चौथो दिन शेयर बजार राताम्य भएको छ । बुधबार नेप्से ३१.२१ अकंले घटेर १८९३.५३ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा भारी गिरावट आउदाँ कारोबार ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँमा खुम्चिएको छ ।
बुधबार नेप्सेमा भारी गिरावट आउदाँ समेत दुई कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज ग्लोबल आइएमई समुन्नती र आधिँखोला लघुवित्तको शेयरमा सर्किट लागेको हो । साथै, नबिल इक्वाटी फण्डको ४.२१ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको ३.९२ प्रतिशत र शिभ श्री हाइड्रोपावरको ३.८९ प्रतिशतले शेयर बढेको हो ।

बुधबार सर्वाधिक गुमाउने कम्पनीमा यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावर रहेको छ । कम्पनीको शेयर आज ६.४८ प्रतिशतले घटेको हो । साथै, हिमाल दोलाखा हाइड्रोपावरको ५.६२ प्रतिशत, घलेम्दी हाइड्रोको ५.५६ प्रतिशत, हिमालयन उर्जा विकासको ५.४५ प्रतिशत र सिन्धु विकास बैंकको ५.३४ प्रतिशतले शेयर घटेको हो ।

















