तपाईको डिम्याट खातामा दुई कम्पनीको क्रमश: १६.५ र १० प्रतिशत बोनश शेयर आयो ? आएको छैन् भने यसो गर्नुहोस् « Arthapath.com
१२ असार २०७९, आईतवार

तपाईको डिम्याट खातामा दुई कम्पनीको क्रमश: १६.५ र १० प्रतिशत बोनश शेयर आयो ? आएको छैन् भने यसो गर्नुहोस्



काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीले बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । नेपाल पुनर्बीमा र एनएलजी इन्स्योरेन्सको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।

नेपाल पुनर्बीमा कम्पनीको पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ दशमलव ५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा भएको छ । पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको हुदाँ सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमश उक्त लाभांश जम्मा गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको चैत १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको हो । चैत ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको हुदाँ सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमश उक्त लाभांश जम्मा गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्