नेप्सेमा आकर्षक सुधार आउदाँ ४१ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले कमाए-गुमाए

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । आइतबार नेप्से ९४.९२ अकंले बढेर १९५६.९८ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से आकाशिदा कारोबार पनि २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँ भएको छ ।
आइतबार नेप्सेमा आकर्षक सुधार आउदाँ ४१ कम्पनीको शेयरका सर्किट लागेको छ । आज नेशनल हाइड्रो पावर, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्ट, हिमालयन डिस्टलरी, गुहेशोवरी मर्चेन्ट बैंक, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्स, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट लगायत ४१ कम्पनीको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, आज नेप्सेमा सूचीकृत २३० कम्पनीको कारोबार हुदाँ ५ कम्पनीको शेयर मात्र गुमेको छ । आइतबार नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको २.१६ प्रतिशत, एनसीसी डिबेञ्चरको २ प्रतिशत, आइसिएफसि फाइनान्स डिबेञ्चरको २ प्रतिशत, गुडवइल फाइनान्स डिबेञ्चरको १.८१ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ०.२१ प्रतिशतले शेयर गुमेको हो ।
