नेप्सेमा एक कम्पनीको २५ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको । आज समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको २५.२८४ प्रतिशत बापतको ९ लाख ९७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट कायम चुक्ता पूँजीको २५.२८४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।