दश कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

दश कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको पाँचौ कारोबारको दिन शेयर बजार आकाशिएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.९३ अकंले बढेर २०३७.६४ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से उच्च अकंले बढ्दा कारोबार २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँ भएको छ ।

आज नेप्से उच्च अकंले सुधारिदा १० कम्पनीको शेयरमा सर्किट लागेको छ । बिहिबार नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत, न्यादी हाइड्रोपावर, आधिँखोला लघुवित्त, सिवाईसी लघुवित्त, सूर्यादया ओमी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट, शिव्म सिमेन्ट, रिलायन्स फाइनान्स र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको कारोबार हुदाँ ६ कम्पनीले मात्र गुमाएका छन् । बिहिबार ग्लोबल आइएमई बैंक डिबेञ्चरको ३.८९ प्रतिशत, बरुण हाइड्रोपावरको २.६५ प्रतिशत, गुराँस लघुवित्तको २.४४ प्रतिशत, बिओके डिबेञ्चरको २ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ को ०.८९ प्रतिशत र एसबिआई डिबेञ्चरको ०.२८ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्