४ कम्पनीको बोनस शेयर सहित एक कम्पनीको ऋणपत्र नेप्सेमा सूचीकृत « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

४ कम्पनीको बोनस शेयर सहित एक कम्पनीको ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । यस साता नेप्समो विभिन्न कम्पनीको शेयर सूचीकृत भएको छ । गत असार १२ गते आइतबारदेखि असार १७ गते शुक्रबारसम्म विभिन्न कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हुन् । जसमा जीवन विकास लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, समीट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्त गरी ४ कम्पनीको बोनस शेयर र सेञ्चुरी कमर्सियल बैंकको डिबेञ्चर नेप्सेमा सूचीकृत भएका हुन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ७० प्रतिशत बापतको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत नगद गरी कुल ७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ प्रतिशत बोनस शेयर वापतको ७ लाख १० हजार १६२.६४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद गरी कूल ६.३१५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको २५.२८५४ प्रतिशत बोनस शेयर वापतको ९ लाख ९७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २५.२८५४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर वापतको २ लाख ९५ हजार ८१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १.३१५७ प्रतिशत नगद गरी कूल २६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, यस साता नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको डिबेन्चर सूचीकृत भएको हो । बैंकको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २२ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्