नेप्सेमा छलाङ, ङादी ग्रुप पावर सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा छलाङ आएको छ । अघिल्लो साताको अन्तिम कारोबारको दिन नेप्से सामान्य अकंले घटेर बन्द भएकोमा यो साताको सुरुवात मै शेयर बजारमा आकर्षक सुधार आएको हो ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको हो । शुक्रबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.८७ अकंले घटेर २०२८.७७ बिन्दुमा बन्द भएको थियो ।
आज शेयर बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको थियो ।
आइतबार नेप्सेमा आकर्षक सुधार आएसँगै कारोबार समेत केही सुधार देखिएको छ । लगानीकर्तामा बिस्तारै लगानीकर्ता बातावरण बन्दै गएको आंकलन गर्ने सकिन्छ । आइतबार ङादी ग्रुप पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २२ करोड २८ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले उक्त शेयर सर्वाधिक खरिद बिक्री भएको छ ।
त्यस्तै, हिमालयन डिस्टलरीको ८ करोड ८१ लाख ३८ हजार रुपैयाँ, शिवम् सिमेन्टको ६ करोड ९७ लाख ८५ हजार रुपैयाँ, एनआइसी एशिया डिबेञ्चरको ६ करोड ८९ लाख ८ हजार रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ६ करोड २६ लाख ८१ हजार रुपैयाँको कारोबार भएको हो ।
