१५ श्रावण २०८३, शुक्रबार

अर्थमन्त्री हटाउँदै प्रधानमन्त्री, को बन्ला नयाँ अर्थमन्त्री ?



काठमाडौं । चौतर्फी दबाबकाविच अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन गठबन्धनमा लगभग सहमती भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा सडकदेखी सदनसम्म तातेपछि बल्ल कान खोलेका छन् ।

कुनै अप्रिय निर्णय नभए अर्थमन्त्री शर्माले भोली राजिनामा दिनेछन् । यदी राजिनामा नदिए प्रधानमन्त्री वर्खास्त गर्नसमेत तयार देखिएका छन् । शर्माले पछिल्लो समय व्यापारीको घरमा लगेर बजेटको फाइल बुझाउदेदेखी लिएर करको दर चेन्ज गर्नेसम्मको काम गरेको भन्दै संसदमा प्रतिपक्ष एमालेले हंगामा बच्चाएको छ । लामो छलफलपछि अर्थमन्त्री शर्मालाई विदाइ गर्न माओवादी अध्यक्ष प्रचण्डसमेत राजि भएको बुझिएको छ ।

अर्थमन्त्री शर्माले राजिनामा दिने चर्चासंगै नयाँ अर्थमन्त्रीको खोजी सुरु भएको छ । अर्थमन्त्रीमा माओवादीभित्रैबाट पुर्व अर्थमन्त्रीसमेत भैसकेका वर्षमान पुनको पहिलो दावी छ । त्यस्तै पम्फा भुषालले पनि अर्थमा आँखा लगाएकी छिन् ।

उता मन्त्रालय हेरफेर हुँदा माओवादीलाई परराष्ट्र मन्त्रालय दिएर अर्थ आफै राख्ने कांग्रेसले रणनिती बनाएको छ । कांग्रेसले अर्थ पाएमा वर्तमान संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख दावी रहनेछ ।