१ अर्ब ८० करोडमा खुम्चिएको कारोबारमा यी कम्पनीको भयो सर्वाधिक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

१ अर्ब ८० करोडमा खुम्चिएको कारोबारमा यी कम्पनीको भयो सर्वाधिक



काठमाडौं । साताको चौथो दिन सामान्य सुधार आएको शेयर बजारमा आज आज फेरी ओरालो लागेको छ । शेयर बजारमा उताप चडावको बीच थपघट भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत मान्छे मन्त्रालय छिराएर करको दर हेरफेर गरेको विषय उठाउँदै सीसीटीभी फुटेज माग भएसँगै मन्त्रालयले भने फुटेज डिलिट बताए पछि चौतर्फि बिरोध भएसँगै उनले राजीना दिएका छन् । उनको राजीनासँगै अब अर्थमन्त्रालयमा आउने नयाँ मन्त्री नीतिले शेयर बजार घटेको आंकलन गरीएको छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.६० अकंले घटेर २०२७.३२ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.३३ अकंले बढेर २०४३.९२ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ रुपैयाँको कारेबार भएको थियो ।

घटेको शेयर बजारमा आज लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ७ करोड ६५ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अरुण काबेली पावरको ६ करोड ३० लाख ६ हजार रुपैयाँ, शिवम् सिमेन्टको ६ करोड २५ लाख ३२ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ५ करोड ९० लाख ८ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ५ करोड ८२ लाख ३९ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्