मर्जर प्रस्ताव सहित प्रभु इन्स्योरेन्सको विशेष साधारण सभा मंगलबार बस्दैं

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा मंगलबार (असार २८ गते) का लागि बोलाएको छ । इन्स्योरेन्सको असार १२ गते बसेको संचालक समितिको बैठकले केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा दिउँसो ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
उक्त सभाले कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्णय गर्न तथा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने, चलअचल सम्पत्ति र दायित्व मुल्याङ्न गर्नको लागि मान्यता प्राप्त मूल्याङनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका मर्जर तथा प्राप्त सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्ने संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने छ ।
विशेष साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले असार २० गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ असार १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।